दफा ९
बैंकिंग स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने
(१) बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी, मेनेजिङ्ग एजेण्ट वा सम्बद्ध व्यक्ति वा संस्था वा त्यस्तो व्यक्तिका परिवारका सदस्यले बैंक वा वित्तीय संस्थाबाट सुविधा लिई वा अन्य कुनै तरिकाले बैंक वा वित्तीय संस्थाको स्रोत र साधनको दुरुपयोग गर्न हुँदैन ।
तर,
(१) बैंक वा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले प्रचलित कानून बमोजिम कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी लिन बाधा पु¥याएको मानिने छैन ।
(२) नजिकको नातेदारलाई बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिको स्वीकृति लिई कर्जा वा सुविधा दिन बाधा पर्ने छैन ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि,–
(क) “परिवारका सदस्य” भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाई र दिदी, बहिनी सम्झनु पर्छ ।
(ख) “नजिकको नातेदार” भन्नाले भिन्न भएका दाजु, भाई, भाउजु, बुहारी, विवाहिता दिदी, बहिनी, भिनाजु, ज्वाइँ, भतिजा, भतिजी, साला, साली, सासू, ससुरा, काका, काकी, मामा, माईजु, भाञ्जा, भाञ्जी, नाति, नातिनी, नातिनी बुहारी, नातिनी ज्वाइँ सम्झनु पर्छ ।
(२) कसैले पनि निक्षेपकर्ता वा बैंक वा वित्तीय संस्थाको हित प्रतिकूल हुने गरी बैंक वा वित्तीय संस्थाको सम्पत्ति खर्च गर्न गराउन हुँदैन ।
(३) कसैले पनि गैर बैंकिंग सम्पत्ति लगायत बैंक वा वित्तीय संस्थाको अन्य सम्पत्ति लिलाम बिक्री गर्दा वा अन्य कुनै कारोबार गर्दा कुनै आर्थिक अनियमितता गर्नु हुँदैन ।